• Breaking News

    8.28.2014

    प्रहरीले ल्यायो हराएको समान अब “लस्ट यन्ड फाउन्ड सेल”ले खोजिदिने

    के तपाईको मोबाइल हराएको छ? वा कसैको मोबाइल भेट्टाउनु भएको छ? अब तपाईको हराएको समान, गरगहना, मोबाईल अब प्रहरीले खोजिदिने भएका छन् । नेपाल पुलिसको अफिसियल फेसबुक पेजमा आज “लस्ट यन्ड फाउन्ड सेल” को स्थापना भएको कुरा देख्न सक्छौ ।

    पेजमा यस्तो लेखिएको छ :तपाईको हराएको समान अब प्रहरीको “लस्ट यन्ड फाउन्ड सेल”ले खोजिदिने

    बढ्दो शहरीकरण एवंम मुलुकको राजधानी समेत भएको कारणले काठमाण्डौ उपत्यकामा दैनिक जसो
    व्यक्ति र सामानहरु बिभिन्न कारणले हराउने वा फेला पर्ने गरेको पाईएको छ ।

    यस सन्दर्भमा कतिपय नागरिकहरुद्वारा यस्ता व्यक्ति तथा सामानहरु हराएमा वा फेला परेमा कँहा सुचना दिने भन्ने बारे अन्यौल रहेको समेत देखिएको छ ।

    तसर्थ सामान र व्यक्ति हराएको वा फेला परेको सम्वन्धमा एक द्वार प्रणाली अपनाई छिटो भन्दा छिटो प्रहरी सेवा प्रदान गर्नको निमित्त महानगरीय प्रहरी आयुत्तको कार्यालय, रानीपोखरी, काठमाण्डौमा “Lost and Found Cell” गठन गरिएको छ ।

    तपाईहरुको कुनै सामान हराएको छ ? वा कुनै सामान फेला पार्नु भएको छ? तपाईका कोहि आफन्त वा साथी भाई हराएका छन् वा हराईरहेका व्यक्ति सम्बन्धमा तपाईहरु सँग कुनै सुचना छ भने यस Cell को तल उल्लेखित हटलाईनमा खबर गर्न हुन सम्पुर्ण महानगरवासीहरुलाई महानगरीय प्रहरी आयुत्तको कार्यालय, रानीपोखरी, काठमाण्डौ अनुरोध गर्दछ ।

    यहाँहरुले दिनु भएको सुचनाका सम्बन्धमा भए गरेको प्रगती बिवरण यथाशिघ्र जानकारी गराउने प्रतिवद्धता समेत व्यक्त गर्दछौ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र