साउन २२ काठमाडौं । बुधबार प्रहरीको गोली प्रहारबाट मारिएका गुण्डा नाइके चरी भनेर चिनिने दिनेश अधिकारीको परिवारलाई उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले बिहीबार बिहानै भेटेका छन् ।
प्रहरीले पक्राउ गरी गोली हानेर हत्या गरेको भन्दै बिरोध गरिरहेका आफन्तसंग गृहमन्त्री गौतमले भेट गरेका हुन् । केही एमाले सभासदहरु सहित चरीका आफन्ललाई गृहमन्त्री गौतमले निवासमै भेट गरेका हुन् ।
भेटमा चरीका आफन्तहरुले चरीको भीडन्तमा नभई सुनियोजित हत्या भएको भन्दै गृहमन्त्रीलाई छानबिनका लागि आग्रह गरेको उच्च स्रोतले जनायो । जवाफमा गहृमन्त्री गौतमले प्रहरीले कानुन विपरित हत्या गरेको पाईए कडा कारवाही गर्ने आफन्तजनलाई आश्वासन समेत दिएको स्रोतको भनाई छ ।
आफन्तजनको बिरोधका कारण चरीको पोष्टमार्टम हुन सकेको छैन । उनको शव त्रिभुवन बिश्व बिद्यालय शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । चरीको बुधबार साँझण् काठमाडौं र धादिङको सीमा भीमढुंगा–६ मा मारिएका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी ओली निकट मानिने उनी धादिङ क्षेत्र २ का पूर्वउपाध्यक्ष हुन । करिब ६ महिनाअघि धादिङकै गुण्डा राधे भण्डारीलाई गोली हानेपछि प्रहरीले उनको खोजी थालेको थियो ।
महानगरीय प्रहरी अपराध महाशाखाको गस्ती टोलीसँग दोहोरो भिडन्तमा उनी मारिएको दाबी प्रहरीले गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment