झापाको बाहुनडाँगीमा ८६ वर्षीय एक वृद्धले एक बालिकालाई बलात्कार गरी फरार भएका छन् ।
आज विहान रणपहेलीले बलात्कार गरेको भन्दै पिडित बालिकाकी आमाले प्रहरीमा उजुरी गरेकी छन् ।
पिडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि मेची अञ्चल पठाइएको र फरार बलात्कारीको खोजतलास भइरहेको प्रहरी चौकी बाहुनडाँगीले जनाएको छ ।
उता सुनसरीको धरानमा ६ बर्षीया बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई परिवारले समातेर प्रहरीलाई बुझाएका छन् ।
धरान नगरपालिका २२ मा सोमबार राति घरमा सुतिरहेको अवस्थामा बालिकालाई बलात्कार गर्ने ३१ बर्षीय रविन लिम्वुलाई पिडित बालिकाका परिवारले समातेर प्रहरीको जिम्मा लगाएका हुन् ।
सुतिरहेकी बालिका अचानक चिच्याएपछि जवरजस्ती करणी गर्दै गरेका स्थानीय मजदुरी काम गर्ने लिम्बुलाई परिवारले पक्राउ गरी अस्थायी प्रहरी चौकी देउरालीमा खबर गरेका थिए । धनकुटा फुवाखोप ६ घर भएका लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।
पूर्वेली टाईम्स बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment