• Breaking News

    8.19.2014

    कटवालले मेरो रौं पनि हल्लाएको थिएनः प्रचण्ड

    ३ भदौ, काठमाडौं ।
    एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व प्रधानसेनापति रुक्माङ्ग्द कटवालको आत्मकथा पुरै झुटो र वाहियात भएको टिप्पणी गरेका छन् । प्रचण्डको विषयलाई समेत विशेष महत्व दिइएको कटवालको आत्मकथामा रहेका तथ्यहरुबारे चौतर्फी प्रश्न उठिरहेको समयमा प्रचण्डले पनि कटवालको कहानी झुटो भएको टिप्पणी गरेका हुन् ।
    मंगलबार आफ्नै निवाश लाजिम्पाटमा केही सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कटवालले आत्मकथामा उल्लेख गरे जस्तो आफूलाई केही गर्न नसकेको र कटवालका कारण आफ्नो रौं पनि नहल्लिएको समेत दावी गरे ।
    प्रचण्डले कटवाल राजाको टिका थापेर सैनिक अफिसर भएको मान्छे भएको र त्यही ब्यक्ति पछि गणतन्त्रवादी भएको अवसरवादी ब्यक्ति भएको टिप्पणी समेत गरे ।
    आत्मकथामा रहेका तथ्यहरु वाहियात रहेको उनको भनाइ थियो ।

    तत्कालीन प्रधानमन्त्री रहेका प्रचण्डले कटवाललाई कारवाही गर्न खोज्दा उनले पदनै छोड्ने अवस्था सृजना भएको थियो । कटवालले त्यही विषयलाई प्रधानता दिएर गत हप्तामात्र आत्मकथा सार्वजनिक गरेका थिए ।
    कटवालले प्रचण्डले आफूलाई कारवाही गर्ने समयमा राजदुत बनाइदिने प्रस्ताव समेत गरेको दावी आफ्नो पुस्तकमा गरेका  छन् ।
    कटवालको आत्मकथामा रहेका तथ्यहरु झुटो रहेको भन्दै धेरै प्रश्नहरु उठेका छन् । यद्यपी कटवालले आफ्नो आत्मकथामा रहेका सबै कुरा सत्य रहेको भन्दै बचाउ गरेका छन् ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र