• Breaking News

    8.22.2014

    यातना खप्न नसकी खुकुरी प्रहार गरि श्रीमानको हत्या

    मेलम्ची, भदौ ६ – सिन्धुपाल्चोक इचोक गाविस–९ मालीचौरकी खोन्दुहिसी शेर्पाले बारम्बार यातना दिएको भन्दै आफ्नै श्रीमान् ५६ वर्षीय तेम्बा शेर्पाको खुकुरी प्रहार गरी हत्या गरेकी छिन् ।
    गएराति सुतिरहेको अवस्थामा श्रीमान्को हत्या गरेकी खोन्दुहिसीलाई इलाका प्रहरी कार्यालय मेलम्चीले आज बिहान नियन्त्रणमा लिएको छ ।
    खोन्दुहिसीले आफूलाई श्रीमान्ले बारम्बार यातना दिने गरेकाले हिंसा सहन नसकी सुतिरहेको अवस्थामा हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिए ।
    मृतक शेर्पाको शव अहिले परीक्षणका लागि क्षेत्रीय अस्पताल मेलम्ची ल्याइएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र