• Breaking News

    8.01.2014

    ५ सय दरका नक्कली नोट भेटिए

    पाँचथर, साउन १६ - पाँचथरका वित्तीय संस्थामा ५ सय दरका नेपाली नक्कली नोट भेटिएका छन् ।
    बिहीवार र शुक्रवार भिन्ना भिन्नै व्यक्तिले नेपाल बैंक लिमिटेड फिदिम शाखामा जम्मा गर्न ल्याएको ५ सय रुपैयाँका नक्कली नोट फेला परेको हो ।
    बिहीबार चोकमागुकी दुर्गामाया तुम्वापोले बैंकमा जम्मा गर्न ल्याएको नोटको नम्बरसंँग पाँचथर याङनामका रुपनारायण जवेगुले शुक्रवार बैंकमा ल्याएको नोटको नम्बर मिलेपछि दुवै नोट नक्कली भएको पुष्टि बैंकले गरेको छ ।
    जम्मा गर्न ल्याईएको अवस्थामा वैंकले ग ४१–१९३४०७ नम्वरको नोट फेला पारेको हो । शुक्रवार भेटिएको नक्कली नोट फिदिमस्थित आइएमईवाट ल्याईएको जवेगुले जानकारी दिनुभयो । आइएमईले भने ग्रामीण क्षेत्रवाट आएका ग्राहकले त्यो नोट ल्याएको वताएको छ ।
    नक्कली नोटमा प्रयोग गरिएको कागज पातलो र बत्तु  मोटो आकारमा हुने गरेकाले पत्ता लगाउन अप्ठ्यारो नहुने खजान्जी सुरेश पोख्रेलले बताउनुभयो । यसअघि पनि जिल्लामा रहेका बिभिन्न बित्तिय संस्थाबाट संकलन गरिएका नोटमा नक्कली नोट फेला पर्ने गरेकाले जिल्लामा नक्ली नोटको कारोवारी नै सक्रिय रहेको कर्मचारीको अनुमान छ । यसअघि भारतीय रुपैयाँका नक्कली नोट भेटिने गरेका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र