• Breaking News

    8.30.2014

    दसैंको लागि अनलाइनबाटै बसको टिकट

    tourist-busकाठमाडौं।दसैं नजिकिन थालपछि आफ्नो घर फर्किन धेरै जना समयमै टिकट पाउने अवसर खोजिरहेका हुन्छन् । यो समयमा अत्याधिक यात्रुको चाप हुने भएकाले अग्रिम टिकट बुकिङ हुनेगर्छ । अहिले पनि दसैंको १५ दिनअघिदेखि नै अग्रिम टिकट बुकिङको घोषणा भइसकेको छ ।
    तर टिकट लिन लामो समय लाइनमा बस्नुपर्ने र थोरै समयको अन्तरले सोचेजस्तो सीट नपाउने समस्या बसका यात्रुले भोग्नुपर्ने हुन्छ । त्यस्ता यात्रुले घरमै अनलाइनमार्फत टिकटको सुविधा प्राप्त गर्न सक्ने समाचार आजको आर्थिक अभियानमा छ ।
    संचालनमा रहेका विभिन्न अनलाइन टिकट कम्पनीहरुले दसैंलाई लक्षित गरेर देशका विभिन्न स्थानमा बस टिकट सुविधा दिने तयारी गरिरहेका छन् ।
    अनलाइन रकम भुक्तानी सुविधा दिँदै आएको इ-सेवाले २ हप्ता अघि मात्रै बससेवा डटकम नाममा टिकट सुविधा संचालनमा ल्याएको छ ।
    त्यस्तै यसबै वर्षदेखि संचालनमा आएको हाम्रो बस डटकम र अल नेपाल ट्रिप्स डटकमले पनि अनलाइन टिकटको संचालनमा ल्याएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र