नेपाली कांग्रेसका सभासद गगन थापाले बर्षेनी देशका विभिन्न भागमा बाढी पहिरोले सर्वसाधारण जनता पीडित हुने गरेको भए पनि राज्यले जहिले पनि विपत्ति कहिले आउला र राहत संकलन र वितरण गरौला भन्ने मानसिकताबाट गुज्रेको आरोप लगाए।
बिहिबारको संसदको बैठक शुरुहुनासाथ सभामुखसँग समय मागेर बोल्दै थापाले भने, 'सिन्धपाल्चोकको जुरेमा दुईतीन वर्षअघिनै सञ्चारमाध्यमबाट पहिरोको खतराबारे जानकारी आएको थियो भने किन सरकारले आवश्यक सावधानी अपनाउन सकेन?' भनि प्रश्न गर्दै उनले थपे, 'यदि यो पूर्व जानकारी आएको थियो भने त्यो कुन निकायले दिएको थियो र किन राज्यले त्यसको बारेमा सतर्कता अपनाएन?'
सिन्धुपाल्चोकका पहिरो पीडितलाई अहिले दैनिक राहतको कार्यक्रमभन्दा पनि उनीहरुको लागि कम्तिमा ६ महिना वर्षदिनका लागि आवश्यक खाद्यन्न र उनीहरुको सुरक्षित पुनर्वासका लागि ठूलो रकमको आवश्यकता भएको बताए।
थापाले देशमा विभिन्न भागमा आएको बाढी पहिरो क्षेत्रको अध्ययन अबलोकन गरी राज्यलाई अवश्यक निर्देशन दिन संसदीय समिति गठन गर्न सभामुखलाई आग्रह गरे। त्यसैगरी उनले राज्यले सभासद तथा विज्ञहरु सामेल गरी अध्ययन टोली गठन गरी वर्षेनी देशमा विभिन्न भागमा पहिरो जानसक्ने क्षेत्रको पहिचान गर्न र जनतालाई सम्भावित जोखिमबाट बचाउन आवश्यक कदम चाल्न जरुरी भएको बताए।
थापाको भनाई पश्चात सभामुख सुवासचन्द्र नेम्वाङले यसबारेमा सदनमा पटक पटक कुरा उठीसकेकोले यो सग सम्बन्धीत विषयमा काम गर्न संसद मातहतका सम्बन्धित समितिलाई सबै अधिकार दिएका छौ। जसले सरकार र सम्बन्धित मन्त्रीलाई बोलाउन र क्षेत्रमा जान सक्छ भनने जानकारी दिएका थिए।
सेतोपाटी
भिडियो हेर्न तल किल्क गर्नुहोस :
No comments:
Post a Comment