२९ साउन, काठमाडौं ।
जाजरकोटको सकला गाविस-३ मा बिहीबार विहान ३ बजे झरेको पहिरोले घर पुर्दा आमा छोराको मृत्यु भएको छ ।
अविरल वर्षातपछि झरेको पहिरोले स्थानीय जयलाल बोहराको घर पुर्दा उनकी पत्नी नवरती बोहोरा र छोरा नवराज बोहोराको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जानकारी दिए ।
पहिरोले घर पुर्दा जयलाल र उनका दुई छोराछोरी गम्भीर घाइते भएका छन् । घटनास्थल सदरमुकाम खलंगाबाट २१ कोष पूर्व उत्तरमा पर्छ ।
‘पहिरोले मानवीय क्षति भएको खबर पाउने वित्तिकै सकला नजिक रहेका दुईवटा प्रहरी चौकीबाट उद्दार टोली पठाइसकेका छौं’, प्रजिअ चौधरीले भने, ‘घाइतेहरुको उपचारका लागि पहल भइरहेको छ । घटनास्थल विकट भएकाले उद्दारमा समस्या भएको छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment