• Breaking News

    8.28.2014

    कस्तो यौन मिलनलाई शिवशक्ति मिलन भनिन्छ?

    डा सुनिल सिटौला। यौन जीवनमा चरम सुख प्राप्त गर्ने महान् रहस्यमाथि महर्षि वात्स्यायान, मेरी स्टोप्स, मनोचिकित्सक एडलर, युंग आदि रति विशेषज्ञ वैज्ञानिकहरूले आफ्नो अनवरत अध्ययन, सूक्ष्मातिसूक्ष्म शारीरिक एवं मानसिक जाँच, प्रत्यक्ष परीक्षण एवं अनुसन्धान गर्नलाई कुनै कसुर छाडेका छैनन्।

    यी मनोवैज्ञानिक (Psychological) र वैज्ञानिक (Scientific) अनुसन्धानपछि जुन बहुमूल्य तथ्यपूर्ण अनुभव र गुप्त रहस्य उपलब्ध भएका छन्, त्यसलाई त आधुनिक वैज्ञानिकहरूदेखि लिएर सम्पूर्ण विश्व जगतले स्वीकारेको छ। जसअनुसार रतिक्रिया अर्थात् सम्भोग कार्य प्रेम, सहानुभूति एवं एकअर्काको सुख, सुविधा र स्वास्थ्यलाई ध्यान दिएर प्रफुल्लित मन बनाई एकअर्कामा समर्पित भाव राखी गुप्त इन्द्रियको र समय संगम हो। जसको स्मरण मात्रले पनि दुवैको मन आनन्दले भरिन जान्छ।

    रतिविशेषज्ञहरूको भनाइअनुसार यस्तो सुमधुर अवसरमा दम्पतीको शरीरबाट अद्भूत क्रोमोजम विविध हार्मोन्स बग्नाले उपयुक्त प्रकारको अनौठो मनोवैज्ञानिक एवं शारीरिक उद्वेग परिलक्षित हुन पुग्छ। साथै मस्तिष्कसहित समस्त तत्वहरू उद्वेलित भएर परमसुख प्राप्त हेतु सम्भोगमा रत रहन्छन्। यसरी सम्भोगमा रत रहँदा जुन चरम् सुख प्राप्त हुन्छ, त्यस्तो अवस्थालाई आर्गेज्म’ भनिन्छ। आर्गेज्म शब्दको उत्पत्ति ग्रीक भाषाको ‘आर्ँगाओज’ बाट भएको हो। जसको अर्थ हुन्छ, कामुकताबाट फुलिनु। आर्गेज्मलाई विज्ञानको परिभाषाअनुसार परिभाषित गर्दा शारीरिक उत्तेजनाद्वारा यौनेच्छाको चरम् तर एक विस्फोटक, मस्तिष्कमा गढेको एवं स्नायुतन्त्र र मांशपेसी सम्मेलित प्रतिक्रियाको रूपमा बुझनुपर्दछ।
    shiva_shakti_milan_sex
    आर्गेज्म बिल्कुलै हाच्छ्यु आउनेजस्तै हो। जसलाई बारम्बार ल्याउन सकिँदैन। तर, जसलाई आउँछ, पूर्णरुपले सन्तुष्ट हुन जान्छ। ज्योतिर्विज्ञानअनुसार तपाईंको यौन जीवन के ‘आर्गेज्म’ मा पुग्छ त भन्ने बारेमा जानकारी दिन सक्दछ। ज्योतिर्विज्ञानअनुसार प्रत्येक व्यक्ति कुनै न कुनै नक्षत्रमा जन्मिएका हुन्छन्। त्यो नक्षत्रलाई पुलिङ र स्त्री लिङ्गमा विभाजन गरिएको हुन्छ। यदि तपाईं र तपाईंको यौन साथी दुवैजना पुलिङ्गी नक्षत्रमा जन्मिनुभएको रहेछ भने तपाईंको यौन जीवन शारीरिक घर्षण मात्र हुनेछ। त्यसमा कुनै चरम् आनन्दको आभासा पाइँदैन। त्यसैगरी, तपाईं र तपाईंको यौन साथी दुवैको जन्म नक्षत्र स्त्री लिङ्गी नक्षत्रमा परेको छ। त्यतिवेला संयमित र सुखी यौन जीवनको परिचायक त बन्दछ तर आर्गेज्म प्राप्त भने हुँदैन। तर, पुरुष पुलिङ्गी नक्षत्रमा र स्त्री स्त्रीलिङ्गी नक्षत्रमा जन्म भएका छन् भने उनीहरूको यौन जीवन आर्गेज्म प्राप्त गराउने हुन्छ। यस्तो मिलनलाई शिव र शक्तिको मिलन भनिन्छ। जुन निरन्तर रहन्छ। यस्तो सफलता नै सिद्धि भनिन्छ र तब मात्र शिवमा शक्तिको र शक्तिमा शिवको दर्शन हुन आउँदछ, जसबाट मुक्ति पाइन्छ।

    स्त्रीलिङ्गी नक्षत्र :- शतभिषा रेवती, कृतिका मृगशिरा, उत्तराभाद्रपदा, हस्ता, चित्रा, अनुराधा, श्रवण, धनिष्ठा, पूर्वाफाल्गुणी
    पुलिङ्ग नक्षत्र :- अविश्नी भरणी, तिष्य, रोहिणी मूल, अश्लेषा, मघा, उत्तराफाल्गुणी, स्वाती, विशाखा, ज्येष्ठा, पूर्वाषाढा, पूर्वाभाद्रपदा, उत्तराषाढा।

    (सिटौलालाई उहाँको व्लगमा पनि भेट्न सकिनेछ। इमेज एफएममा उहाँलाई सुन्न सकिन्छ।)

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र