काठमाडौ, साउन २२ – अभिनेता गजित बिष्टका ८ बर्षे छोरा सौगातले चलचित्रको निर्देशन गर्न लागेका छन् ।
कक्षा दुईमा पढ्दै गरेका बालक सौगाले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘लभ यू बाबा’ हो । ८ बर्षे बालकले चलचित्रको निर्देशन कसरी गर्लान ? भनेर यतिबेला कौतुहलता बढेको छ ।
आफ्ना परिवारका सबै सदस्यहरुले चलचित्रबाट अवार्ड पाएको सुनाउदै बालक सौगातले आफुले पनि चलचित्र क्षेत्रबाटै अवार्ड पाउन चलचित्र निर्देशन गर्न लागेको बुधबार पत्रकार सम्मेलनमा बताए । ‘मेरो बाबा एक्टर । फिल्म खेलेर अवार्ड पाउनुभयो । दिदीले पनि फिल्म खेलेरै अवार्ड पाउनु भयो । काकाले नाचेर अवार्ड पाउनुभयो, मैले चाहीँ के गरेर अवार्ड पाउने त ? फिल्म निर्देशन गरेर अवार्ड पाउँछु भनेर निर्देशन गर्न लागेको हुँ’ रमाइलो शैलीमा बाल निर्देशक सौगातले सुनाए ।
सौगतका बुबा गजितले छोराको प्रतिभा देखेर चलचित्र निर्देशन गर्न सक्छ भन्नेमा आफु ढुक्क रहेको बताएका छन् । ‘शुरुमा छोरोले चलचित्र निर्देशन गर्छु भन्दा पत्याएकै थिइन’ गजितले भने ‘तर उसले चलचित्र जन्मभूमिमा काम गर्दा क्यामेरा एङ्गल र निर्देशन सिकेको बताउन थालेपछि भने गर्न सक्छ भन्ने लागेर आफै चलचित्रको कथा तयार पारेको हुँ ।’ सौगतलाई सबैभन्दा कान्छो चलचित्र निर्देशकको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउने प्रक्रिया शुरु भइसकेको पनि गजितले जानकारी गराएका छन् । चलचित्र 'लभ यू बाबा'मा गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट, निर्मल शर्मा, अनमोल अग्रवाल, अर्जुन गुरुङ, राजु बजाज, सुरेन बसेल लगायतको अभिनय रहने छ ।
चलचित्रमा गजितकी छोरी संगम बिष्ट पनि रहनेछिन् । त्यस्तै, चलचित्रमा सञ्चारकर्मी सुब्रत आचार्य र अभिनेत्र अनु शाहको पनि बिशेष भुमिका रहनेछ । चलचित्र राम्रो बनेमा सब टाइटलको लागि चलचित्र विकास बोर्डले दुई लाख रुपैयाँसम्म सहयोग गर्ने अध्यक्ष धर्मेन्द्र मरवैताले वचन दिएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment