काठमाडौं, २० साउन । कुनै पनि सुरक्षा कमजोरी बिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण गराउन सफल भएपनि प्रहरी अधिकारीहरूको छाती ठूलो भएको छ । दिनभरि जसो सडक खाली गरेर जनतालाई सास्ती दिएर भए पनि सुरक्षामा त्रूटी भएन ।
तर यसका लागि सुरक्षाअधिकारीहरूले कम्ति दु:ख झेल्नुपरेन । एक हप्ताअघिदेखि कतिपय प्रहरी अधिकारीहरूले राम्रोसँग सुत्न पनि पाएनन् ।
यही बीचमा भारतीय दूतावासबाट एउटा डरलाग्दो सूचना आएपछि त प्रहरी अधिकारीहरूको ब्लडप्रेसर अझै बढेको थियो । सूचना सामान्य थिएन । तीन जना शंकास्पद पाकिस्तानीहरू एयरपोर्टबाट इन भएको तर आउट नभएको भन्दै दूतावासका अधिकारीले चिन्ता व्यक्त गरेका थिए ।
त्यसपछि प्रहरीले उनीहरूको पासपोर्ट नम्बर लिएर खोजी सुरु गर्यो । तर कतै भेटिएनन् । प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोले उनीहरूमाथि अनुसन्धान थालेको थियो । पछि मातहतका प्रहरीहरूलाई समेत त्यसबारेमा सर्कुलर गरिएको स्रोत बताउँछ । तर, उनीहरूको खासै कुनै पनि शंकास्पद गतिविधिहरू नभेटिएपछि प्रहरी ढृुक्क भएको हो ।
मोदीको भ्रमणमा झन्डै २० जना मुस्लिमहरूलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोत बताउँछ । तर ती सबै सर्वसाधारण थिए । मोदी भ्रमणमा कुनै आतंकवादी समूहका सदस्यहरूको नेपालमा घुसपैठ हुनसक्ने आशंकामा यसरी प्रहरीले व्यापाक खानतलासी र धरपकड गरेको थियो ।
त्यसो त भारतले नेपाली बुलेटबु्रफ गाडीमा समेत अविश्वास गरी उतैबाट गाडी ल्याएको थियो । दुईवटा बिएमडब्लु बुलेटप्रुफसहित एउटा टेक्निकल भेहिकल समेत थियो । संचार प्रविधि समेत जडान गरिएको र स्याटलाइटबाट चल्ने उक्त भेहिकलको सिष्टम भारतबाटै कन्ट्रोल गर्न मिल्ने किसिमको थियो । ती तीनै वटा गाडीका लागि चालकहरू समेत भारतबाट नै ल्याइएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment