• Breaking News

    8.06.2014

    बढ्ने भो गाडीभाडा

    काठमाडौं,साउन२२–सरकारले बस, ट्रक र ट्याक्सीको ५ देखि ७ प्रतिशत भाडा बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले इन्धनको मूल्यअनुसार सवारी भाडा बढाउने भन्दै नयाँ भाडा प्रस्ताव भौतिक योजना तथा यातायात मन्त्रालयमा पेस गरेको हो ।
    २०६९ फागुनमा पछिल्लो पटक भाडा बढेको भन्दै त्यसपछि चारपटकसम्म तेलको मूल्य बढे पनि सवारीको मूल्य बढेको थिएन । २०७० सालमै चार पटक मूल्य हेरफेर हुँदा पनि यातायात भाडा नबढेको भन्दै विभागले यस्तो प्रस्ताव गरेको जनाएको छ ।
    ‘छ महिनाअघि तेलको मूल्य बढेको छ,’ विभागका प्राविधिक निर्देशक सरोजराज अधिकारीले भने,‘यसै आधारमा बढाउन लागेका हौं ।’ उनका अनुसार पाँचदेखि सात प्रतिशत बढाउन एक हप्ताअघि मन्त्रालयमा फाइल पेस गरिएको आजको नागरिक दैनिकमा खबर छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र