एजेन्सी, ३१ साउन, पश्चिमी अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रणमा लिन ६ महिना लाग्ने सम्बन्धित चिकित्सकहरुले जनाएका छन् । मेडिकल च्यारिटी संस्था मेडिसिन्स साइन्स फ्रन्टियर्स (एमएसएफ) ले उक्त क्षेत्रको भाइरस नियन्त्रण गर्न करिब ६ महिना लाग्ने जनाएको हो ।
एमएसएफका अध्यक्ष जोन लिउले भने – 'हामी जति छिटो यो खतरनाक स्थितिको नियन्त्रण प्रयास गरिरहेका छौँ त्यो भन्दा छिटो भाइरसले उग्र रुप लिइ रहेको छ' । उनले भने – 'लाइबेरियाको स्थिति नियन्त्रणमा लिन नसक्ने हो भने स्थिति झन गम्भिर बन्दै जानेछ ।'
शुक्रवारसम्ममा इबोलाबाट मर्नेको संख्या अझ बढेको डब्लुटिओले जनाएको बीबीसीले लेखेको छ । इबोलाबाट अहिलेसम्म १ हजार १ सय ४५ जनाको ज्यान गइ सकेको जनाइएको छ । डब्लुएचओका अनुसार अहिलेसम्म २ हजार १ सय २७ जनामा यो रोगको संक्रमण देखिएको छ ।
अफ्रिकी देश गिनीमा गत फेब्रुअरीबाट देखिएको इबोला भाइरस अहिले लाइबेरिया, सियरालियोन, नाइजेरियासम्म फैलिइ सकेको छ । अत्यन्तै खतरनाक भाइरसको रुपमा चिनिएको इबोला विश्वभर फैलन सक्ने भन्दै विश्वका सबै देशले सुरक्षा रणनीति अपनाएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment