• Breaking News

    8.28.2014

    इबोला भित्रिन नदिन सीमा क्षेत्रमा हेल्थडेक्स स्थापना

    सप्तरी। इबोला भाइरस सङ्क्रमितलाई जिल्ला भित्रिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सप्तरीको तिलाठीस्थित बेल्ही भन्सारमा हेल्थडेक्स स्थापना गरेको छ ।
    भारतसँग जोडिएको कुनौली बजार ओहोर–दोहोर गर्ने मानिसको माध्यबाट इबोला सङ्क्रमण भित्रिन सक्ने भएकाले त्यसको निगरानी गर्न हेल्थडेक्स स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिनुभयो । हेल्थ डेक्समा चिकित्सक तथा कर्मचारी परिचालन गरिएको छ ।
    इबोलाबाट जोगिन जनचेतना फैलाउन सीमाक्षेत्रमा वालपेन्टिङ गर्नुका साथै चेतनामूलक पोष्टरसमेत टाँसिएको जानकारी दिँदै प्रमुख झाले कुनौली नाका भएर मानिसको आवतजावत अत्यधिक हुने भएकाले सीमा क्षेत्रमा खटिएका प्रहरीले समेत निगरानी बढाएको बताउनुभयो ।
    यसैबीच इबोला भाइरस सङ्क्रमितलाई जिल्ला भित्रिन नदिन तिलाठी बेल्हीमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखका साथै सीमा क्षेत्रका स्थानीयसँग बेल्ही भन्सारमा अन्तरक्रियाया गरिएको छ ।
    कार्यक्रममा इबोला भाइरसका लक्षण, त्यसबाट जोगिने उपाय र सतकर्ता अपनाउने विधिका बारेमा जनस्वास्थ्य प्रमुख झा र चिकित्सकले सहजीकरण गर्नुभएको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र