• Breaking News

    8.21.2014

    बलात्कारीलाई पाँच वर्ष कैद

    ५ भदौ, राजविराज ।
    सप्तरीकी एक महिलालाई बलात्कार गरेको आरोपमा मधुपट्टी गाविस–३ का देवकुमार सदालाई अदालतले आज पाँच वर्ष कैदको फैसला गरेको छ ।
    जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले आरोपितलाई पाँच वर्ष कैद र पीडितलाई आरोपितबाट रु पाँच हजार क्षतिपूर्ति भराउने फैसला भएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

    न्यायाधीश दाहालको आदेशमा गत साउन ८ गते रु ३५ हजार धरौटी राखेर तारेखमा रिहा भएका आरोपित फैसलापछि फरार छन् ।
    घरमा एक्लै सुतिरहेका बेला ज्यान मार्ने धम्की दिँदै २६ वर्षीय आरोपितले २० वर्षीया पीडितलाई गत असार १० गते राति बलात्कार गरेका थिए ।
    पीडितले स्वयम् राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा गत असार १३ गते स्वास्थ्य परीक्षण गराएकी थिइन् ।
    बलात्कारको घटनामा सार्वजनिक मुद्दा दर्ता भनेर असार १४ गते विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध असार १७ गते जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो । रासस

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र