• Breaking News

    8.19.2014

    नेपालमा इबोला सन्त्रास : २२ जना निगरानीमा

    ४ भदौ, काठमाडौं ।
    सरकारले इबोला संक्रमित अफि्रकी देशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखेको छ । यसमा दुई जना नेपाली सैनिक पनि छन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ १ गतेदेखि सञ्चालित हेल्थ डेक्सले प्रारम्भिक स्वास्थ्य परीक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो । कसैमा पनि शंकास्पद लक्षण भने नदेखिएको नागरिकमा खबर छ ।

    शरीरमा भाइरस प्रवेश गरेको २१ दिनसम्म लक्षण देखिसक्ने हुँदा निगरानीमा राख्नुपनरेको स्वास्थ्यकर्मी बताउँछन् । ‘तत्काल लक्षण देखिए अस्पताल लगिन्छ, नदेखिए निरन्तर तोकिएको स्वास्थ्य संस्थाको सम्पर्कमा रहने गरी घर पठाइन्छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने,’अहिलेसम्म हामीले कुनै पनि शंकास्पद लक्षण भएका मान्छे भेटेका छैनौं । ‘
    #nepaliheadlines#

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र