• Breaking News

    8.17.2014

    नक्कली पासपोर्ट र भिसामा किन छिरे इराकी नेपालमा ?

    काठमाडौं,भदौ २–नक्कली पासपोर्ट र भिसा प्रयोगगरी तीन इराकी नागरिक नेपाल छिर्न सफल भएका छन् । नेपालबाट फ्रान्स जाने क्रममा भने उनीहरु समातिएका छन् ।
    फ्रान्सको पासपोर्टमा नेपालको नक्कली भिसा प्रयोग गरेर दुई साताअघि नेपाल छिरेका उनीहरुलाई गत साता विमानस्थल अध्यागमनले पक्राउ गरेको हो । उनीहरु कसरी नेपाल छिरे भन्ने अझै खुल्न सकेको छैन ।
    पक्राउ पर्नेमा इयोबनिस भर्जोस, एलफेथेरिस एन्ड्रियानाकिस र पानाजिओटिस स्पोनोस छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आफूहरुको भिसा जारी भएको उनीहरुले देखाएका थिए । तर, उक्त भिसा नक्कली भएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख हिमनाथ दवाडीले बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र