• Breaking News

    8.09.2014

    गोली चलेपछि गोठाटार तनावग्रस्त

    २४ साउन, काठमाडौं ।
    काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोठाटारमा बालुवा निकाल्दा बनेको खाडलमा परेर एक वालकको मृत्यु भएपछी स्थानीयले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
    प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको बताइएको छ ।
    पशुपति क्षेत्र विकास कोषले बालुवा निकाल्न दिएको जग्गामा बालुवा निकालेपछि खाडल बनेको थियो । त्यही खाडलमा जमेको पानीमा डुबेर शनिबार बिहान स्थानीय १२ वर्षीय रोजिन श्रेष्ठको ज्यान गएपछि स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
    स्थानीयबासीले प्रहरीले ज्यादती गरेको भन्दै विरोध समेत गरेका छन् ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र