२ भदौ, काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरो तथा डुबानबाट भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै बाढीपहिरोबाट भएको धनजनको क्षतिमा दु:ख व्यक्त गरेका हुन् । उनले भनेका छन–सयौं व्यक्तिको मृत्यु, सयौं घाइते र बेपत्ता तथा हजारौंको घरबार उठीबास भएको घटनाबाट म अत्यन्त दु:खित भएको छु ।
बाढी पहिरोको रोकथामका लागि पूर्व सतर्कता तथा प्रकोप न्यूनीकरणको पूर्व व्यवस्थापनमा विशेष जोड दिन सबैको ध्यान जानुपर्ने उनको भनाइ छ । सिंगो मुलुकले नै भोग्नु परेको विपत र कष्टको घडीमा आफू पनि सक्दो सहयोग गर्न तयार रहेको शाहले बताएका छन् ।
पछिल्लो समयमा मौन रहेका शाहले जनसरोकारको बिषयमा धारणा राखेका हुन् । अघिल्लो बर्ष बाढी पहिरोपछि भएको जनधनको क्षतिबारे धारणा राख्दा एकीकृत माओवादी नेता एवंम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आपत्ति जनाएका थिए । भट्टराईले शाहले अनावश्यक रुपमा बोलेको भन्दै आपत्ति जनाएका थिए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment