'यस्तो अवस्था २२ सय ८७ वर्षमा मात्र आउँछ'
११ भदौ, काठमाडौं । आज २७ अगष्टको मध्यरातमा पृथ्वीबाट दुई चन्द्रमा देख्न सकिने भनी सामाजिक सञ्जालहरुमा आएका हल्लामा सत्यता नरहेको विज्ञहरुले बताएका छन् ।
भारतका केही वैज्ञानिकले समेत अगष्ट २७ को मध्यराति साढे १२ बजे मंगल ग्रह चन्द्रमा जस्तै चम्किलो हुने र पृथ्वीबाट नांगो आँखाले देख्न सकिने भन्दै दुई चन्द्रमाको संयोग हेर्न आह्वान गरेका थिए ।
तर, भारतकै वैज्ञानिकहरुले मंगल ग्रह त्यो समयमा शनि र मंगल ग्रह सँगसँगै देखिने भए पनि दुई चन्द्रमा देख्न नसकिने बताएका छन् ।
नेपाल विज्ञान तथा प्रतिधि प्रतिष्ठानका अन्वेषकहरुले पनि मंगल ग्रह पृथ्वीसँग अपि्रल ८ मै नजिक आइसकेको जनाएका छन् । नास्टका रिसर्च सहायक सुनील लौडारीले भने-’पावरफूल टेलिस्कोपले देखिने कुरा अलग हो, तर नांगो आँखाले मंगल ग्रह चन्द्रमाजस्तो देखिँदैन । यसअघि २००३ सालमा मंगल ग्रह पृथ्वीको नजिक आएको थियो । अन्य दिनजस्तै आज पनि अन्तरीक्षमा अन्य ताराहरुसँगै मंगल ग्रह पनि थोप्लो जस्तो देखिन्छ ।’
बुधबार राति दश बजेदेखि आकाशको उत्तरी धु्रवतिर थोप्लो जस्तो भएर देखिने मंगल ग्रह सूर्यको परिक्रमा गर्ने रेखातिर देखिने उनले बताए । सर्वसाधारणले मंगल ग्रह र तारा छुट्याउन नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
मंगल ग्रह अगष्ट अन्तिममा पृथ्वीको नजिक आउने गरे पनि चन्द्रमा जस्तो चम्किने अवस्था भने प्रत्येक २२ सय ८७ वर्षमा मात्रै आउने वैज्ञानिकहरुको दाबी छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment