• Breaking News

    8.06.2014

    प्रहरी मुठभेडमा डन ‘चरी’ मारिएको प्रहरीको दाबी

    काठमाडौं, साउन २१ – चरी भनेर चिनिने चर्चित डन दिनेश अधिकारी प्रहरी मुठभेडमा मारिएको प्रहरीले दाबी गरेको छ । लामो समयदेखि प्रहरीको हिट लिस्टमा रहेका उनलाई गोलढुंगामा भन्ने स्थानमा गोली प्रहर गरिएको बताइएको छ । गोली लाग्नेको हुलिया चरीसँग मिलेको तर त्यसको पुष्टि हुन अझै बाँकी रहेको छ । ६ महिनाअघि धादिङका राधे भण्डारीलाई खुकुरी हानी हत्या प्रयास गरेकाे अभियोग लागेपछि उनी फरार थिए। अापराधिक गतिविधिमा सक्रिय ‘चरी’ धादिङ क्षेत्र नम्बर १ का क्षेत्रीय उपाध्यक्षसमेत हुन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र