ओली स्वास्थ्य उपचारका लागि ६ महिनामा विदेश जान लागेको यो चौथोपटक हो । फागुनयता भारत, बैंकक र सिंगापुरमा पुगेर उपचार गराएका ओली केही दिनपछि पुनः भारत जान लागेको नयाँ पत्रिकामा खबर छ ।
सात वर्षअघि दिल्लीको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दिल्लीकै म्याक्स अस्पतालमा फलोअप परीक्षण हुँदै आएको छ । काठमाडौंमा ओलीको उपचारमा संलग्न चिकित्सक, डा. दिव्यासिंह शाहले ओलीको मिर्गौलामा अहिले कुनै समस्या नरहेको, तर प्रत्यारोपण गरेका डाक्टरले फलोअपका लागि बोलाएकाले जान खोजेको बताइन् । ‘सायद तीन-चारसातापछि जानुहुन्छ होला,’ उनले भनिन्, ‘अहिले स्वास्थ्यमा खासै समस्या छैन्, सुन्निएको हात पनि निको हुँदै गएको छ ।’
सिंगापुरमा उपचार गरेर फर्केपछि ओलीलाई चिकित्सकले धेरै दौडधुप नगर्न सुझाव दिएका थिए । तर, गत सातायता उनले महत्वपूर्ण भेटघाट गरेका छन् । उनको सक्रियतामा एमाले नेताहरु संविधानका विवादित विषयमा सहमति जुटाउन गरेको संवादका रुपमा अथ्र्याएका छन् । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका बेला छिमेकीसँग राजनीकित भेटघाट गरेको समाचार आएको थियो ।
No comments:
Post a Comment