• Breaking News

    8.07.2014

    घाँटी थिचेर प्रेमिकाको हत्या

    साउन २३ बारा । आपसी विवादमा एक युवकले घाँटी थिचेर प्रेमिकाको हत्या गरेका छन् । बाराको डुमरवाना घर भएका आर्यन रञ्जित भनिने क्ष्राज रुम्बाले प्रेमिका आशिका भनिने संगिता लामाको हत्या गरेका हुन् ।

    घटनाको डेढ महिनापछि रुम्बालाइ प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाइ बुधबार बाराबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी बृत्त स्वयंभुका प्रमुख डिएसपी पदम विष्टका अनुसार रञ्जितले गत असार ८ मा प्रेमिकाको हत्या गरेका हुन् ।

    संगिता र रञ्जित बाफलमा डेरा लिएर बस्दै आएका थिए । दुबै लागुऔषध कारोबारी हुन् । दुबै विवाहित भएपनि आफ्ना श्रीमान् र श्रीमती छाडेर उनीहरु लिभिङ टुकेदरका रुपमा बस्दै आएका थिए ।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र