• Breaking News

    8.28.2014

    चोरीले चिप्लेकिरा लोप हुदै ,खैरो र सुनौलो रङको चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको निको !!

    म्यादी,भदौ जिल्लाको शिख गाविस–६ स्थित खोप्रा लेक क्षेत्रमा चोरी निकासीका कारणले चिप्लेकिरा लोप हुने अवस्थामा पुगेको छ । जथाभावी सङ्कलन र अवैधरुपमा निकासी हुने क्रम बढेपछि एक दशकअघि जताततै भेटिने चिप्लकिरा अहिले भेटिनै मुस्लिक परेको हो । पाँच वर्षअघिसम्म प्रसस्तै भेटिने चिप्लेकिरा अहिले देखिन छाडेको स्थानीय अगुवा भीम पुनले बताए । स्थानीयवासीमा चिप्लेकीराको महत्वका
    विषयमा जानकारी नहुनु, आर्थिक प्रलोभनमा पर्दा बस्तीदेखि टाढा रहेका भौगोलिकरुपमा विकट ठाउँमा पूर्वी नेपालबाट आएका मानिसले चिप्लेकिरा सङ्कलन गरेर लैजाने गरेको स्थानीय पाउद्धार माविका शिक्षकसमेत रहेका पुनले बताए । नचिनेका मानिसको समूहले हप्तौसम्म चिप्लेकिरा सङ्कलन गरेर सुकुटी बनाएर लैजाने गरेको खोप्रास्थित सामुदायिक लजका कर्मचारी भक्तबहादुर पुनले बताए । चिप्लेकिरा सङ्कलन गर्न आएकालाई सचेत बनाएपनि अटेर गर्ने र धम्की दिने गरेको उनको गुनासो छ । खैरो र सुनौलो रङको देखिने चिप्लेकिरा खाँदा हाडजोर्नी दुखेको, चोटपटक लागेको निको हुने र शारीरिक स्फूर्ति बढ्ने जनविश्वास छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र