‘माघ ८ गते संविधान जारी भएपछि राष्ट्रपतिले पनि पद छोड्नुहुन्छ,म पनि बसिरहन्न छोडिहाल्छु ’ प्रधानमन्त्री कार्यालयमा बुधबार विशिष्ट श्रेणीका कर्मचारीलाई निर्देशन दिने क्रममा कोइरालाले भने ,‘अहिले राष्ट्रपतिको अनुमोदन गर्ने भनेर बखेडा झिक्न हुँदैन ।’उनले सत्ता साझेदार र विपक्षिबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गर्नु पर्ने आवाज आइरहे पनि अहिलेको अबस्थामा एउटा मर्यादित संस्थालाई त्यसतर्फ लैजान नहुने बताएको आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । ‘राष्ट्रपति व्यक्ति होइन संस्था हो,’ उनले भने,‘यो संस्थालाई विवादमा नपारौं ।’उनले संस्थागत हुँदै गएको निकायलाई अनुमोदन गर्ने –नगर्ने भनेर विवादमा तान्न नहुने पनि बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment