१ भदौ, लखनउ ।
भारतको उत्तर प्रदेश गोण्डामा एक बाबुले रक्सीको नशामा आफ्नै छोरीको वलात्कार गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नशामा चुर भएर घर पुगेका ती पुरुषले छोरीमाथि नै कुकृत्य गरेपछि छोरीले रुँदै रुँदै आमालाई सबै कुरा भनेकी थिइन् । छोरी वलात्कारको घटना थाहा पाएपछि ती महिला पीडित छोरीलाई लिएर प्रहरी थाना पुगेकी थिइन् ।
प्रहरीले किशोरीलाई स्वास्थ्य परीक्षण गरिसकेपछि दोषी बाबुलाई जेल चलान गरेको छ ।
पेशाले मजदुरी गर्ने ती पुरुषले १४ वर्षीय छोरी दिउसो स्कुलबाट फर्केपछि यस्तो कुकृत्य गरेका थिए । आमा घरमा नभएको समयमा घर पुगेकी ती किशोरी सुत्न गइन् । नशामा चुर रहेका ती पुरुषले छोरीलाई नै अभद्र भाषामा जिस्काउन थालेपछि उनले भाग्ने कोशिस गरिन् तर पुरुषले छोरीको अस्मिता आफै लुटि छाडे ।
दिउसो ३ बजेतिर मात्र आमा घर फर्केपछि किशोरीले सबैकुरा आमालाई सुनाएकी थिइन् । श्रीमानसँग झगडा गर्न कस्सिएकी ती महिलाको आवाज सुनेर गाउँले जम्मा भए र ती पुरुष भागे ।
छोरीका कुरा सुनेर विश्वास गर्न समेत गाह्रो भएपछि ती महिला रन्थनिँदै पुलिस चौकीमा उजुरी गर्न पुगिन् ।
भारतमा यस प्रकारका वलात्कारका घटना निरन्तर जस्तै हुने गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment