• Breaking News

    8.29.2014

    चालकले सडकमा ट्रिपर तेर्स्याउँदा परिस्थिति यस्तो बनेको थियो (फोटो फिचरसहित

    tinkune  Jam१३ भदौ, काठमाडौं । सरकारले ढुंगा, गिट्टी निकासीमा रोक लगाउँदा व्यवसाय धरापमा परेको भन्दै ट्रिपर तथा ट्रक चालकहरुले शुक्रबार सडकमा सवारी तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । जसका कारण झण्डै चार घन्टा राजधानीको यातायात आवागमन अस्तव्यस्त भयो ।
    ४ घन्टासम्मपछि मात्र प्रहरीले बल प्रयोग गरेर सडक सुचारु गरेको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले तीनकुनेमा एकतर्फको बाटो अवरुद्ध हुने गरी सवारी साधान तेर्स्याएका थिए ।
    प्रहरीले गुड्ने गाडीहरुलाई साइड लगाएको छ भने अन्यलाई क्रेन प्रयोग गरेर हटाएको छ । त्यसक्रममा केहीबेर झडप समेत भएको थियो । ‘प्रदर्शनकारीले ढंगामुढा गरेपछि हामीले स्थितिलाई नियन्त्रणमा लिएका हौं’ डीएसपी रमेशकुमार तामाङले अनलाइनखबरसँग भने ।
    Truck jam 2
    राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष यादवलाल श्रेष्ठले भने झडपका क्रममा एक सयभन्दा बढी मजदुर घाइते भएको दावी गरे । ‘हामीले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिएका हौं’ उनले अनलाइनखबरसँग भने-शान्तिपूर्ण आन्दोलनमा दमन भएको छ । अब नयाँ चरणको आन्दोलन गर्छौं ।’
    ट्रिपर तथा ट्रक चालकहरुको आन्दोलनलाई राष्ट्रिय यातायात व्यवसायी महासंघले समर्थन गरेको छ । सरकारले चुरे संरक्षणका नाममा ढुंगा, गिट्टी निकासीमा रोक लगाउँदा ट्रिपर तथा ट्रक मजदुर बेरोजगार भएको महासंघका सरोज सिटौलाले बताए ।
    ‘४५ दिन भो काम नपएको ट्रिपर घरमा थन्किएर बसेको छ’ उनले भने-’चुरे बचाउनुपर्छ हाम्रो पनि त्यसमा समर्थन छ । तर, पूर्वाधार तयार नगरी निर्णय हुँदा ढुवानी क्षेत्रलाई असर गरेको छ । सरकारले चाँडो निकास दिनुपर्‍यो ।’
    Truck jam 1 Truck jam 4 Truck jam
    www.onlinekhabar.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र