• Breaking News

    8.29.2014

    राजा वीरेन्द्रको उत्तर भित्र लुकेको गहिरो शिक्षा मैले कहिलै बिर्सन सकिन

    विजयकुमार पाण्डे– राजा बीरेन्द्रलाइ मुडमा देखेर मैले अर्को प्रशन थपेँ– ‘सरकारबाट पंचायत र बहुदलका गरी भिन्न भिन्न प्रधानमंत्रीसंँग काम गरिबक्सियो । कस्ता कस्ता थिए यिनीहरु ?’ ‘दे अल ह्याड देयर ओन फ्लेवर विजय ।’ ‘क्यान यु जज देयर रेस्पेकटिव फ्लेवर सरकार ?’ ‘इट वुड नट बी प्रोपर टु डु सो विजय । बिकाज कम्पेरिङ वन फ्लेवर बिथ अनादर इज नट फेयर ।’ राजा वीरेन्द्रको उत्तर भित्र लुकेको गहिरो शिक्षा मैले कहिलै बिर्सन सकिनँ । साँच्चै भन्ने हो भने संसारमा हामी जति मानिस छौ, सबै आ–आफ्ना हिसाबले मौलिक छौ । कसैको कसै सँग तुलना व्यर्थ हो । कोहिले कोहि जस्तो हुन खोज्नु पनि बेकार हो । पहिला म सोच्थेँ– पृथ्वी एउटै छ, हामी सबै एउटै संसारमा बस्छौँ । होइन रहेछ । हरेक मानिस आआफ्नो बेग्लै संसारमा बस्दो रहेछ । सात अरब मानिस, सात अरब वटा bijaya kumar pandeayसंसारमा बस्दा रहेछन । आआफ्नो परिस्थिति र सोच अनुसारको संसार । मार्क ट्वेनको वाक्य छ– ‘कुनै आम मानिस बाँकी संसारका निम्ति कोहि नहुन पनि सक्छ । तर त्यहि आम मानिस, कसैका निम्ति भने सारा संसार हुन सक्छ ।’ विजय मेमोरियलमा पढदा मलाइ कतिले पो चिन्थे र ? मसोट खोलामा बस्दा कुन चाहि पत्रिकामा मेरो फोटो छापिएको थियो र । जीवन त चलेकै थियो । भोलिका दिनमा कसैले चिनोस या नचिनोस, के फरक पर्छ र ! कसैले नचिन्दा पनि आमाको निम्ति म सारा धरती बराबर हुनेछु । मेरो जीवन साथीका निम्ति म सारा आकास नै रहने छु । म मात्र किन, कुनै पनि आमाको निम्ति सन्तान, पत्नीको निम्ति उस्को पति कुनै राजा वा राष्ट्राध्यक्ष भन्न कम हुन्छ र ? यही भदौ २७ गतेबाट बजारमा आउन लागेको पत्रकार विजयकुमार पाण्डेयको पहिलो पुस्तकबाट साभार । यो पुस्तक अंश पाण्डेयले नै आफ्नो फेसबुकवालमार्फत सार्वजनिक गर्नुभएको हो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र