• Breaking News

    8.08.2014

    दोलखामा पहिरोमा परी ३ को मृत्यु, २ वेपत्ता, ८ घाइते

    साउन २४  ,दोलखा । लगातारको वर्षासंगै गएको पहिरोमा परी दोलखाको जिरीमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छद्ध् भने अन्य २ जना वेपत्ता भएका छन् ।

    पहिरोमा परी ५ वर्षीय सुजल जिरेल, १२ वर्षीय सुस्मा (सुनुवार) जिरेल र सोही सोही ठाउँका आङदावा तामाङ शेर्पाकी श्रीमती पेम डोमा तामाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यलय दोलखाले जनाएको छ ।

    जिरी ७ मा गएको पहिरोमा परी तारा तामाङ र जुना तामाङ वेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी छ । शुक्रबार राति आएको पहिरोले पाँच वटा घरमा समेत क्षति पुर्‍याएको छ ।

    पहिरोमा परी घाइते भएका ८ जनाको जिल्ला अस्पताल दोलखामा नै उपचार भइरहेको छ ।

    -
    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र