राजविराज, ६ साउन । एक १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गराउने कार्यमा संलग्न रहेको आरोपमा राजविराज–१० की ३५ वर्षीया बिनीता यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई आरोपितको संलग्नतामा राजविराज–९ का २९ वर्षीय नवीन देवसहितका पाँच÷सातजना युवकले यौन दुर्व्यवहार गरेको आरोप छ ।
पीडितका काका दयाराम राउतले जिल्ला प्रहरी कार्यालयमा आरोपित यादव र देवलाई गिरफ्तार गरी घटनामा संलग्न अन्य अपरिचित आरोपितको पहिचान गरी कारबाही गर्न माग गर्दै सोमबार उजुरी दिएका थिए ।
बिरामी काकीका लागि औषधि किनेर घर फर्किरहेकी बालिकालाई आरोपितले गएराति डर, धाक देखाई राजविराज–५ स्थित एक घरमा पु¥याई हातपात गरेको पीडितले बताइन् । घटनाको विषयमा अनुसन्धान तथा अन्य आरोपितको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment