• Breaking News

    7.15.2014

    ‘यसपालिको बजेटले देशलाई २० वर्ष उता धकेल्यो’

    असार ३१ ,काठमाडौं । एकीकृत नेकपा माओवादीले हालै प्रस्तुत भएको बजेटले मुलुकलाई २० वर्ष पछाडि धकेल्ने काम गरेको आरोप लगाएको छ ।

    व्यवस्थापिका संसदको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७१÷७२को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले बजेटले पुरानै कार्यक्रमको निरन्तरता दिएको भन्दै बजेट प्रतिगामी यथास्थीति आएको आरोप लगाए ।

    उनले ठूला राष्ट्रको बीचमा रहेको नेपालमा अहिले नै महत्वकांक्षी योजनाका लागि पूँजी भित्राउन खोज्नु सम्भव नरहेकाले बजेटले ठूलो तथा नोकरसाही पूँजीमा मात्र जोड दिएको धारणा राखे । बजेटमा स्वरोजगार कोषको विषयमा नै हटाइएको भन्दै उनले आपत्ती समेत जनाए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र