• Breaking News

    7.27.2014

    यस्तो छ मोदीको नेपाल भ्रमणको कार्यतालिका

    काठमाडौं, ११ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने औपचारिक नेपाल भ्रमण सकेर आइतवार दिल्ली फर्किनु भएको छ ।
    उहाँ दिल्ली फर्के लगत्तै नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको टुंगो लागेको छ ।
    भारतीय प्रधानमन्त्री मोदी कार्यतालिका अनुसार आगामी आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिकाको टुंगो लागेको हो ।
    दुई दिने नेपाल भ्रमणमा आउँने मोदीले सोही दिन संविधानसभा भवन नयाँ बानेश्वरमा सम्बोधन गर्ने कार्यक्रम छ ।
    कार्यतालिका अनुसार नै मोदी आइतवार राजनीतिक भेटघाटमा व्यस्त रहनु हुने छ । उहाँ सोमबार बिहानै पशुपति दर्शनका लागि जानुहुने छ भने सोमबार बेलुका ५ बजेर ४० मिनेटमा उहाँ दिल्ली फर्किने कार्यक्रम रहेको ।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र