• Breaking News

    7.15.2014

    ‘….नत्र रगतको खोलो बग्छ’ :प्रचण्ड

    काठमाडौं, असार ३२

    एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले विद्यमान पाँच विकास क्षेत्रलाई नै संघीयतामा रुपान्तरण गर्न खोजेको आरोप लगाएका छन्। तत्कालीन राजा महेन्द्रको पञ्चायतकालीन संरचनालाई सही ठहर्‍याउन कांग्रेस–एमालेले संविधानसभाभित्रका समितिमा बहसको सुरुवात गर्न थालेको दाहालले खुलासा गरेका छन्। आजको राजधानीमा खबर छ।

    मंगलबारको राजनीतिक संवाद समितिको बैठकमा एमालेका एक वरिष्ठ नेताले त्यस्तो तर्क गरेको भन्दै दाहालले कांग्रेस–एमालेको यथास्थितिवादी सोचविरुद्व जनताले विद्रोह बोल्ने चेतावनी दिए। दाहालले एमालेका वरिष्ठ नेता भनी नाम नखुलाए पनि माधव नेपाललाई इंगित गरेका थिए।

    ‘राजनीतिक संवाद समिति बैठकमा एमालेका एक वरिष्ठ नेताले पाँच विकास क्षेत्रलाई नै पाँचओटा संघीय प्रदेशभन्दा के बिग्रिन्छ ? भनेर पञ्चायतकालनि संरचनाको पक्षमा वकालत गरे,’ दाहालले माओवादी विचारधाराका पार्टीहरुको कार्यगत एकता समितिले आयोजना गरेको अन्तक्रियामा भने, ‘कांग्रेस–एमालेका नेतृत्वका सोच नै विकृत छ, उनीहरुको सोचविरुद्व पहिचान र संघीयता पक्षधरहरुले मोर्चाबन्दीको पहलकदमी अघि बढाउनुपर्छ ।’

    ‘संविधानसभाको पहिलो पूर्ण बैठकमा कांगैस–एमालेका शीर्ष नेताहरुले सहमतिविना नै प्रक्रियामा लैजाने बताएका छन्, त्यसो भयो भने अब हामी भन्छौं यहाँ रगतको खोलो बग्छ,’ दाहालले भने । उनले ठूला पार्टीका कारण संविधान निर्माण हुन नसक्ने पटक–पटक दोहोर्‍याएका थिए।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र