• Breaking News

    7.21.2014

    पशुपति शर्माको तीजको गीतमाथि प्रतिबन्ध लगाउन माग(भिडियो सहित )

    साउन ५ काठमाडौं । महिलाहरुको महान चार्ड हरितालिका तीजका पुरुष सेलिब्रेटी गायक पशुपति शर्माले यसवर्षको तीजको लागि लक्षित गर्दै बजारमा ल्याएको गीतको सबत्र विरोध भएको छ । शर्माले तीजलाई लक्षित गर्दै बजारमा ल्याएको ‘गाउँ निकाला’ एल्वममा रहेको ‘के को बाहुन के को जनजाति, जातका कुरा गर्नेहरु देशका लागि घाति, जातका कुरा गर्नेको दिमाग कहाँ छ ?, मेरो छोराले कमिनी ल्यायो, मेरी छोरी दमैसित गई…’ गीतको विरोध भएपछि उनलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । शर्माले टेलिभिजन मार्फत गीतको प्रोमो बजाएपछि सो गीतले दलितको खिल्ली उडाएको भन्दै दलित सेवा संघले विरोध जनाएपछि शर्मा समस्यामा परेका छन् । संघका सचिव सन्तोष विश्वकर्माले विज्ञाप्ती जारी गर्दै सो गीतले दलित समुदायलाई होच्याउने र खिल्लि उडाउने भन्दै तत्काल सो गीत माथि प्रतिबन्ध लगाएर बजारमा जानबाट रोक्न आग्रह गरेका छन् । गीतलाई नरोकिए दलित समुदाय अन्दोलनमा उत्रने र कानूनी कारबाहीको प्रकृयामा जाने सो विज्ञप्तीमा उल्लेख गरिएको छ । तर गायक शर्माले सो गीत मार्फत आफूले दलित समुदायको भावनामा खेलवाड नगरेको बताएका छन् । उनले गीतको पुरै भिडियो हेरेपछिमात्र प्रतिक्रिया दिन आग्रह गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र