एक वरिष्ठ पुलिस अधिकारीका अनुसार उक्त बालिका १९ जुलाईमा आफ्नो विद्यालय जाँदै थिइन् तब चारैजना आरोपीले उनलाई सुरेन्द्र पहलवानको घरमा लिएर गए । पहलवानले पुलिस अधिकारीको पोसाकमा लगाइरहेका थिए । यी चारजना आरोपीमध्ये दुईजना नाबालिगहरुले उनलाई चिन्दथे । त्यसपछि पाँचैजना आरोपीहरुले बन्दुक देखाएर उनको सामूहिक बलात्कार गरे ।
अधिकारी भन्छन्, ‘हिजो केहि समस्या भएका कारण उक्त छात्राले आफ्नी आमालाई उक्त घटनाको बारेमा बताइन्, त्यसपछि मात्र यो घटनाको खुलासा भएको थियो ।’
छात्राका आमा–बुवाले उक्त घटनामा संलग्न पाँचजना विरुद्ध मुद्दा दर्ता गरेका छन् ।
बलात्कारको क्रममा उक्त घटनाको एमएमएस पनि बनाएको र कसैलाई केहि बताएमा उक्त एमएमएस इन्टरनेटमा हालिदिने धम्की दिएको छात्राले दिएको बयानमा उल्लेख छ ।
पुलिसले तीन आरोपीहरुलाई पक्राउ गरिसकेको छ जसमध्ये ती दुई नाबालिग पनि रहेका छन् । अन्य आरोपीहरुको खोजी भइरहेको पुलिसले जानकारी दिएको छ । (एजेन्सी)
No comments:
Post a Comment