असार ३० काठमाडौँ ,सम्पत्ति शुद्धीकरणको मुद्दामा जेल चलान गरिएका डन मिलन गुरुङ “चक्रे मिलन” धरौटीमा छुटेका छन् । सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० साल जेठ अन्तिममा माग गरेको १ करोड धरौटी सोमबार बुझाएपछि उनि छुटेको विशेष अदालत काठमाडौंले जनाएको छ ।
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २०७० साल जेठ अन्तिममा माग गरेको धरौटी रकम लागू औषधको मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहेका कारण उनले बुझाएका थिएनन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ७ करोड ८ लाख अवैध सम्पत्ति आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनले तनहुँको व्यास नगरपालिकाको अर्कैको नाममा भएको जग्गा धरौटीमा राखेको बताइएको छ ।
No comments:
Post a Comment