• Breaking News

    7.25.2014

    ओरालो लागेको सुनको मूल्य आज पनि घट्यो

    काठमाडौं । साताको अन्तिम दिन शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

    त्यस्तै शुक्रबार स्थानीय बजारमा चाँदीको मूल्यपनि घटेको छ । शुक्रबार बजारमा चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार सुन प्रतितोला ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र