पूर्वयुवराज पारस अदालतमा उपस्थित नभएका कारण थाई वकिल साकाछाईले अर्को मिति माग गरेपछि थाइ अदालतले भदौ १९ गतेका लागि अर्को तारेख दिएको छ।
साउन २१ गते नेपाल फर्कने भनी तय गरिएको मिति अनिश्चित भएको थाइल्याण्डस्थित उनका एक सहयोगीले जानकारी दिएको खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ।
स्टुडेन्ट भिसामा थाइल्याण्ड बस्दै आएका पूर्वयुवराज पारस भिसाको म्याद साउन २१ गते सकिँदै छ।
थाई अदालतले भदौ १९को अर्को तारिख दिएपछि उनी नेपाल फर्कने अनिश्चित भएको उनका सहयोगीले जानकारी दिए।
चाङमाइको सुधारगृहमा रहँदै आएका पारस बुधबार बिहानैबाट मोबाइल फोन स्विच अफ गरेका कारण थप जानकारी लिन नसकेको बताइएको छ। उनको भिसाको म्याद नथप्ने घोषणा थाई सरकारले
यसअघि नै गरेकाले पूर्वयुवराज पारस अफ्ठेरोमा परेको ती सहयोगिले जानकारी दिए।
भिडियो हेर्न तल क्क्लिक गर्नुहोस :
No comments:
Post a Comment