• Breaking News

    7.24.2014

    त्रिचन्द्रको पुस्तकालयमा आगो लगाउने प्रहरी फन्दामा

    काठमाडौं । गत आइतबार काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्यिाम्पसको वीपी पुस्तकालयमा आगजनीको घटनामा संलग्न एक युवालाई प्रहरीले तनहुँबाट नियन्त्रणमा लिएको छ ।

    पुस्तकालय आगजनीको घटनामा संलग्न भएको भन्दै प्रहरीको बिशेष टोलीले प्रवीण कैनी भनेर चिनिने रामबहादुर दोर्जेलाई तनहुँबाट नियन्त्रणमा लिएको हो । त्यस्तै घटनामा संलग्न कमल बुढा भने फरार रहेको प्रहरीले बजनाएको छ ।

    यद्यपी नेपाल विद्यार्थी संघ त्रिचन्द्र इकाइले भने कमल बुढा घटनामा संलग्न नभएको दावी गरेको छ । बुढा नेविसंघका पूर्व नेता हुन् । त्यस्तै नेविसंघ त्रिचन्द्रले प्रहरीले पक्राउ गरेको रामबहादुर दोर्जे क्याम्पसको विद्यार्थी नभएको बताएको छ ।

    गत आइतबार क्याम्पसमा प्रेमिकाको विषयमा विवाद बढेपछि खुकुरी हानाहान र वीपी पुस्तकालयमा आगजनी भएको थियो ।
    भिडियो हेर्न यतल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र