बारा,साउन६–डाँका पक्रन समूह बनाएर बसेका सिमरासिथत रामवनका बासिन्दाले काठ तस्करीमा संलग्न प्रहरीको समूहलाई नै पक्राउ गरेका छन् । गाउँमा डकैतीका घटना बढ्न थालेपछि सुरक्षाका लागि रात्रीगस्तीमा खटिएका स्थानीय बासिन्दाले तस्करीमा संलग्न ६ जना प्रहरीलाई आइतबार राति नियन्त्रणमा लिएका हुन् ।
राती दुई बजेतिर सालको चिरान लोड गरेको ना २ त ३८५० नम्बरको ट्रयाक्टर र प्रहरीको ना १ झ १३३२ नम्बरको भ्यानसहित प्रहरीलाई नियन्त्रणमा लिएर सोमबार बिहान स्थानीयले पर्सा बन्यजन्तु आरक्षको जिम्मा लगाएका छन् ।
पक्राउ परेका सबै सिमरास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन् । ट्रयाक्टर प्रहरी सहायक निरीक्षक धर्मेन्द्र गिरीले चलाएका थिए भने भ्यानमा प्रहरी सहायक निरीक्षक सगिर अमहमद नेतेत्वको टोली रहेको थियो ।
करिव ३५.६८ क्युफिट रहेको ३१ थान चिरान काठ पर्साको चोर्नी गाविस ९ स्थित घरबाट ल्याइएको बताइएको छ । तर समातिएका दुई प्रहरी सहायक निरीक्षकले भने आफुहरुले काठ पक्राउ गरेर ल्याउँदै गरेको दावी गरेका छन् । रात्रि गस्तीमा रहेका स्थानीयको भनाई अनुसार राति करिव १२ बजे ट्याक्टर र प्रहरीको भ्यान रामवनको बाटो हुँदै पर्सा जिल्लातर्फ गएको थियो ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ
No comments:
Post a Comment