विद्यालयभित्रै रहेको प्राचार्य कृष्ण लामाको मोटरसाइकलमा मंगलबार 'चोर' लेखिएको देखेपछि रिसले चुर भएका लामाले कक्षा १० का सबै छात्रछात्रालाई यस्तो चरम यातना दिएका हुन् । प्राचार्य लामाले कक्षा १० का विद्यार्थी श्याम तामाङले चोर लेखेको शंकाका आधारमा उनलाई मंगलबार राती साढे ८ बजे छात्रावासबाट निकालिदिएका थिए । पानी परिरहेका बेला छात्राबासबाट निकालिएपछि डोल्पा स्थायी घर भएका तामाङ सहयोगका लागि बूढानीलकण्ठ प्रहरी वृत्तमा पुगेको आजको अन्नपूर्ण पोष्टले समाचार लेखेको छ ।
राती नै विद्यालय पुगेका प्रहरीले प्राचार्य लामा र विद्यार्थी निकाल्न सहयोग गर्ने विद्यालयका संचालक सदस्य युवराज राईलाई नभेटेपछि पीडित विद्यार्थी तामाङलाई छात्रावासमै छोडेर फर्किएका थिए । लामाले प्रहरीमा खबर गरेको र उक्साएको भन्दै होस्टल वार्डेन मनी महर्जन सहित कक्षा १० का सबै १८ जना विद्यार्थीलाई भोलिपल्ट बुधवार हातपात गर्दै उठबस गराएका थिए ।
वार्डेन महर्जनका अनुसार करिब ७ सय पल्ट उठबस गरिसकेपछि विद्यार्थी रन्थनिएर उठ्न नसक्ने अवस्थामा पुगेकाले एकएक थप्पड हान्दै छोडीदिएका थिए । यता लामाले भने विद्यार्थीलाई अनुशासित बनाउन सामान्य कारवाही गरिएको तर गालीगलौज र हजारपटक उठबस भने नगराइएको दाबी गरे । उक्त विद्यालयमा हाल १ सय २२ जना विद्यार्थी नि:शुल्क अध्ययनरत छन् भने अधिकांश विद्यार्थी डोल्पा, मुस्ताङ लगायतका हिमाली जिल्लाका रहेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment