गुल्मी, साउन ५ – छमेकीको श्रीमती अर्कै पुरुषसँग दोश्रो विवाह गराई दिने गुल्मी अर्खलेका एक व्यक्तिले एक लाख रुपैयाँ उनका पूर्व पतिलाई तिरेका छन् ।
रेसुङ्गा नगरपालिका वडा नम्वर ७ , अर्खलेको भालुखोला निवासी खेतबहादुर कुमाल भारतमा रहेको बेला उनकी २२ वर्षीया श्रीमती मिना कुमाललाई दोश्रो विवाह गराई दिने उनका छिमेकी लोकबहादुर कुमालले एक लाख रुपैयाँ तिरेका हुन् ।
९ महिना पछि भारतबाट घर आएका खेतबहादुरले श्रीमतीको खोजी गर्दै जाँदा लोकबहादुरले अर्घाखाँचीको बलकोट साजवोटमा दोश्रो विवाह गराई दिएको स्वीकार गरेका थिए । उनले कसैको घर बिगारी दिएको भन्दै नैतिकरुपले एक लाख रुपैयाँ दिएको सिमीचौरका समाज सेवी नन्दराम रानाले बताए ।
मिनाले ७ वर्षीया छोरीको विचल्ली पारेर दोश्रो विवाह गरेकाले तिनै छोरीको संरक्षणका लागि ६० हजार उनका नाममा बैंकमा राख्ने र बाँकी पालन पोषणका लागि राखी दिने रानाले जानकारी दिए । अर्काकी श्रीमती जसले लग्यो उसैले जारि तिर्ने चलन थियो तर विवाह गराई दिने मान्छले यसरी रकम तिरेको घटना भने विरलै सुनिने गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment