• Breaking News

    7.28.2014

    शरीरमा तातो पानी खन्याएर हत्या

    कञ्चनपुर,  साउन १२ – कृष्णपुर–४ कोइराल भुजियाका ४३ वर्षीय टेकबहादुर ऐरको शरीरमा तातो पानी खन्याएर हत्या गरिएको छ ।
    त्रिवेणीचोक नजिकको पल्टुराम चौधरीको खेतमा उनी गएराति मृत अवस्थामा फेला परेका थिए ।
    तातो पानी खनाउँदा शरीरको छाला पूरै खुइलिएको र घाँटीमा घाउ रहेकाले हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक राजेन्द्र नाथले बताए ।
    स्थानीय धनबहादुर शाहको पसलमा बसेर ऐरसँग नानु चौधरी, कमल डागर र नरेन्द नेपालीले मदिरा सेवन गरेको र वादविवाद हँुदा चारै जनाले उनीमाथि तातो पानी खन्याएर हत्या गरेको स्थानीय बासिन्दाको भनाइ उद्धृत गर्दै प्रहरी नायब निरीक्षक नाथले बताए ।
    पसल सञ्चालक शाहसहित चारै जनालाई हिरासतमा लिई आवश्यक अनुसन्धान थालिएको उनले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र