इलाम,साउन१– ‘रात पर्नै लाग्यो,म त चण्डाल घाटका नाउ तर्न लागें,हिँडेर जाने उपायै छैन’बेलुकाको ६ बज्नै लागेको छ । इलाम महामाईकी कल्पना केरुङले मंगलबार फोनमा भनिन्,यी सानी नावालिकालाई पनि औषधी खुवाएपछि स्वास्थ्यमा धेरै सुधार भएको छ । ज्वरो पनि घटेको छ ।’
अढाई वर्षकी नावालिकालाई सिकुवामा सुताएर घाँस काट्न जंगल गएकी आमा घर आइपुग्दा ती बालिका बलात्कारको शिकार भइसकेकी थिइन् । उनलाई नाताले दाजु पर्ने १४ वर्षिय किशोरले नै २६ असारमा निदाएकै अबस्थामा बलात्कार गरेका थिए । पीडित बालिकालाई उपचार गर्न र घटनालाई प्रहरीसमक्ष पुर्याउन निकै हम्मेहम्मे भयो । स्थानीय अधिकारकर्मी महिलाहरुको सक्रियतामा बालिकाको उपचार र प्रहरीमा घटना दर्ता सम्मको काम भयो । ‘घटनालाई प्रहरी सम्म ल्याउन पनि उत्तिनै गाह«ो भयो ।धेरै घटना गुपचुपमै रहन्छन्’ स्थानीय शान्ति समाजकी अध्यक्ष केरुङले भनिन्,‘गाउँमा बलात्कारका घटनालाई सामान्य मान्निछ,गाउँमै मिलाउन खोजिन्छ,जसबाट पुनः बालिका र महिला नै पीडित हुने गरेका छन् ।’ कमजोर कानून र सजायका कारण समाजमा यस्ता घटना बढेको केरुङको बुझाई छ ।
एक सातामा इलाममा तीन बालिकामाथि बलात्कारका घटना भए । गत जेठ महिनामा सात वर्षिय छोरीलाई बलात्कार गर्ने इलाम दानावारीका २५ वर्षिय बाबुलाई पनि प्रहरीले पक्राउ गर्यो । गत पुसमा आठ बालिका र तीन महिला बलात्कारको सिकार भएका थिए ।
जिल्ला शिक्षा कार्यालयको तथ्यांकमा आर्थिक वर्ष २०७०–७१ मा १२ जना बालिका र पाँच जना महिलामाथि बलात्कार भएको घटना दर्ता भएका छन् भने सोही अबधिमा तीन महिला र एक बालिकामाथि बलात्कार भएको तथ्यांक छ ।आजको राजधानी दैनिकमा खबर छ ।
No comments:
Post a Comment