काठमाडौं,साउन९–स्थानीय कम्पनीहरुले अन्य देशको कोटा बढाउन निर्देशन दिइरहेकाबेला कतार सरकारले नेपालका लागि १ लाख ८० हजार कोटा थपेको छ । यो अहिलेसम्मकै उच्च हो । नेपालबाट कामदार ल्याउन निकै झन्झटिलो प्रक्रिया रहेकोख भन्दै स्थानीय कम्पनीले नेपालीको विकल्प खोजिरहेको थिए । तर कतारले पहिलेदेखि नै बढाउँदै आएको कोटालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
‘नेपालका लागि कतारले एक लाख ८० हजार कोटा उपलव्ध गराएको छ ’ कार्यबाहक गणेश ढकालले भने,‘नेपाल सरकारले प्रक्रिया पुरा गरे यो संख्यामा नेपालीहरु आउन सक्छन् ।’नेपाली दुताबासले खानासहित न्युनतम तलब १२ सय रियाल तलब दिने कम्पनीलाई मात्रै अनुमति दिन थालेको छ ।
कतारका मन्त्री डा. सालेह मोहम्मद अल नाबिटले संयुक्त राष्ट्रसंघको सम्मेलनमा सम्बोधन गर्दै यो वर्ष झन्डै २ लाख ५० हजार विदेशी कामदार आउने उल्लेख गरेका थिए । ‘नेपालीको लगनशीलता,मिहिनेत र इमानदारीलाई हेर्दै कतार सरकारले उच्च प्राथमिकता दिएको छ,।’ढकालले भने । दुताबासका अनुसार यहाँ झन्डै चार लाख नेपाली कामदार कार्यरत छन् ।
विश्व फुटबल लक्षित निर्माणधीन सहयोगी प्रोजेक्टरहरुका लागि कतारले कामदार संख्या बढाउँदै आएको छ । कतारी श्रम अधिकारीहरुले कामदार आपुर्ति सहज पार्न नेपाल अधिकारीहरु समक्ष आग्रह गर्दै आएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment