• Breaking News

    7.23.2014

    ४८ लाख लुकाएर युएइ जान लागेका पक्राउ

    काठमाडौँ,साउन ७
    लुकाएर ४८ लाख भन्दा बढी रकम लिएर युएइ जान लागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको प्लाईट नम्वर जि ९५३६ द्धारा युएई सारजाह जान लागेका ललितपुर उपमहानगरपालिका–३ कुसुन्ती बस्ने काभ्रे जिल्ला बनेपा नगरपालिका–४ घर भएका २७ वर्षीय संदिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
    लुकाई छिपाई लैजान लागेको १ हजार दरको नेपाली ४२ लाख रुपैया र साउदी रियाल ५ सय दरको १२ हजार ५ सय तथा विभिन्न दरका युएई दिराम ९ हजार १ सय ३० सहित उनलाई  पक्राउ गरेको  प्रहरीले जनाएको छ।
    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एक्सरे मेसिनमा प्रहरीले चेकजाँच गर्ने क्रममा साउन ६ गते कालो कलरको सुटकेश व्याग भित्र लुकाई छिपाई लैजान लागेको अवस्थामा उक्त रकम बरामद भएको  प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय अपराध महाशाखा हनुमानढोकामा राखिएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र