• Breaking News

    7.21.2014

    नायिका सुमिना घिमिरेलाई संविधानको सजाय !

    काठमाडौं । जनआन्दोलन २०६२/६३ पछि देश नयाँ संविधान निर्माणको चरणमा प्रवेश गरको ६ वर्ष भइसक्दा पनि संविधान बनेको छैन । दलहरु संविधान नबन्नुमा एक अर्कालाई दोषरोपण गरिरहेका छन् ।

    तर संविधान नबन्नुको पीडा भने आम नागरिकमा पनि प्रस्ट देखिन्छ । पछिल्लो समय संविधान बनेको सजाय नायिका सुमिना घिमिरेले पाएकी छिन् । अमेरिकन दुतावासले तपाईको देशमा संविधान बनेको छैन भन्दै भिषा नदिएपछि उनले संविधान नबनेको दोष आफूले पाएको भन्दै गुनासो पोखेकी छिन् ।

    ‘संविधान नबन्नुमा कलाकारको के दोष हुन्छ र भिषा नदिन ? उनले दुखेसो पोखेकी छिन्, अरु कारण देखाएर नदिएको भए हुन्थ्यो तर संविधानको कुराले भने चित्त दुखाएको छ ।

    एकातीर सहोदर दाजु अमेरिकन आर्मी र अर्कोतिर आफू कलाकार हुदा समेत उनलाई राजनुतावासले भिषा दिन अस्वीकार गरेको हो । उनी एक कार्यक्रमका सिलसिलामा अमेरिका जाने कार्यक्रम थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र