१ साउन बाजुरा । बाजुराको गोत्री गाउँ विकास समितिका सचिव राजेश राय यादव लुटिएका छन् ।
बिहीबार बिहान कार्यालयतर्फ जाँदै गर्दा उनलाई लुटेरहरुको समूहले आँखामा खुर्सानीको धुलो छर्किएर पेस्तोल र खुकुरी देखाउँदै लुटेको उनले बताएका छन् ।
विहान कार्यालय तर्फ जाँदै गर्दा लुटेराहरुको समूहले गोत्रीको जोगी चौतारा भन्ने स्थानमा आफूसँग भएको २४ लाख मध्ये २० लाख रुपैयाँ लुटेर लगेको बताएका छन् ।
सचिव लुटिएको खबर पछि कुण्डा प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ । गाविस सचिव यादवले गत हप्तामात्र जिविसबाट २४ लाख ६६ हजार रुपैयाँ लिएर गाविस कार्यालय लैजाँदै थिए ।
No comments:
Post a Comment