• Breaking News

    7.27.2014

    श्रीमानको अगाडि नै अपहरण गरि हत्या

    लखनउ–उत्तर प्रदेशमा अपराध बढ्दो छ । कानपुरमा अपराधिहरुले आइतबार अबेर घर फर्किरहेका व्यापारिका छोरा–बुहारीको कार नै अपहरण गरेका छन् । अपहरण पछि व्यापारिको बुहारीलाई चक्कु प्रहार गरि निर्ममतापूर्वक हत्या गरिएको छ भने छोरालाई पनि निर्घात कुटपिट गरेका छन् ।
    दुबै कानपुरको एउटा रेष्टुरेन्टबाट डिनर गरेर फर्किरहेको बताइएको छ । यहि क्रममा बाइकमा सवार अपराधिहरुले उनीहरुको कारलाई चौतर्फी घेरेका थिए । सुरुमा छोराको कुटपिट गरे र गाडीबाट फ्याँकिदिए । जब पुलिसले घटनाको छानबिन गर्न सुरु गर्यो तब गाडी सुनसान इलाकाको खाडीमा पाए । गाडिको लक खोलेर हेर्दा भित्र बुहारीको लास भेटियो ।
    व्यवसायीका छोराका अनुसार जब उनीहरु गाडीमा आइरहेका थिए तब बाटोमा उनीहरुको केहि युवकहरुसँग झगडा भएको थियो । झगडापछि उनले ती झगडा गर्ने व्यक्तिहरुलाई पिटे र श्रीमतीसँगै फर्किए र फर्किने क्रममा उक्त घटना भएको उनको भनाई छ ।
    घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न नसकिएको पुलिसले बताएको छ । (एजेन्सी)


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र